Friday, 13 November 2026

बालिका शिक्षा :समयको आवश्यकता

बालिका शिक्षा :समयको आवश्यकता शिक्षामा महीला माथि गरिएको बिभेदको उपज हो । यो जसले कलिला बालिकाहरुलाई पनि नराम्रो संग डामेको छ । यही सोंचका कारण धेरै बालिकाले घरायसी काम चुल्होचौको , मेलापात र दाजुभाईको हेरचाहमा बिताउछन् । जीवनको अज्ञान्ता, अन्धविश्वासी परम्परा छोरीहरुको शिक्षाका लागि बाधक बनीरहेका छन् । छोरीचेलीहरुले पनि बिहे भन्दापूर्व पढलेख गरेर नोकरी-जागीर गर्न इक्षा पलाएकी हुन्छ । आत्मनिर्भर बनेर जीवन बिताउने उनको पनि रहर हुन्छ । छोरीलाई उच्च शिक्षा दिलाउनुको साटो कम उमेरमै बिहे गर्ने प्रवृति अन्त्य गर्न निर्णय गर्नु पर्दछ यसले पढ्न इच्छा भएकी छोरीले पढ्न पाउँदैनन् तर आमा-बुवा समाजिक दायरा भित्र बाँधिएको भनेर आफुपनि छोरीचेलीलाई बिबाह गरेर आफ्नो भाड हटाउन खोजेकै हुन्छ किनकि छोरीलाई भारी बोक्ने "बोझ" सम्झिन्छ र छोरालाई कूल तारने धन आर्जनकर्ता सपुत ठान्ने- मान्ने चल्न छ । हुनत आमा -बुवालाई पनि धेरैथोक मजबुरी हुन्छ तसर्थ यसलाई पनि नकार्न सकिदैन । आमा-बुवा जुन समाजमा बसदै आईरहेका हुन् त्यस समाजको गतिनै प्रगतिहिन हुन् भने समाज सबल कसरी हुन्छ । समाजिक वातावरण अनुसार नै सोंच र चिन्तन बनेको हुन्छ र यसको मुख्य कारण भन्ने हो भने अशिक्षा नै हो । तसर्थ त्यसका लागि शिक्षा र जागरुकताको खाचों छ । शिक्षाको कमी र चेतनाको अभावमा नै धेरै अपराधिक घटना र हिंसा हाम्रो समाजमा हुँदै आईरहेको छ । त्यसकारण हामीले आफ्नो छोरीलाई योग्य एवं दक्ष बनाउनु आवश्यक छ । शिक्षित एवं दक्ष बुहारीको खोजी बढिरहेको हुनाले बिस्तारै समाजबाट दाइजो प्रथासमेत विस्थापित हुँदै जाने अपेक्षा गर्न सकिन्छ । विद्यालयको शैक्षिक वातावरण साथै कक्षाकोठाको शिक्षण–सिकाई क्रियाकलाप बालिकाहरुको लागि कत्तिको आकर्षक र प्रेरणादायी रहेछ, जसले बालिकाहरुको सहभागितालाई यथोचित रुपमा बढोत्तरी गर्दछ ? साथै विद्यालयको नीति–नियम बालिकाहरुका लागि सकारात्मक रुपमा शिक्षा आर्जन गर्न कत्तिको उपयोगी छ ? साथै बालिकाहरुलाई विद्यालयमा टिकाई राख्न, प्रभावकारी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्ना समकक्षी बालक, छात्रहरुसंग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न के गर्नु पर्ला आदि–इत्यादि धेरै कुराहरु थिए । त्यहाँ बसाईको दौरानमा, त्यस जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुको सामाजिक, भौतिक तथा शैक्षिक वातावरणको अवलोकन गर्नुका साथै ती विद्यालयहरुसंग प्रत्यक्ष–परोक्ष रुपमा सरोकार राख्ने समुदायका व्यक्तिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी–छात्र–छात्रहरु, प्रधानाध्यापकहरु आदिसंग औपचारिक–अनौपचारिक कुराकानीबाट त्यहाँका मानिसहरुको अवधारणा, सोच, समाजको रहन–सहन, मूल्य–मान्यता आदि समेट्न र जानकारी लिन सकियो । प्राप्त जानकारीलाई छोटकरीमा भन्नु पर्दा अझ पनि घर–परिवार, विद्यालय, समुदायमा लैङ्गिक सचेतनाको कमी, लैङ्गिक विभेदलाई सामान्य रुढिवद्ध छोरा–छोरीको भूमिका आदिले जरो गाडेर बसेको देखियो । लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण लैङ्गिकताले समाजमा पुरुष वा महिलाको भूमिकालाई परिभाषित गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार “लैङ्गिकताले महिला र पुरुषहरुको सामाजिक बनावटका विशेषताहरुलाई दर्शाउँछ, जस्तै मापदण्ड, भूमिका र सम्बन्ध”। यौनलाई जनेन्द्रिय/यौन अंगहरूमा आधारित पुरुष र महिला बीचको जैविक भिन्नताहरूको रूपमा परिभाषित गरिन्छ। यसलाई सामान्यतया पुरुष वा महिलाको रूपमा वर्गीकरण गरिन्छ। लैङ्गिक भूमिका समाजअनुसार फरक फरक हुन्छ। केही समाजहरूमा यी भूमिकाहरू बढी कठोर हुन्छन्। कहिलेकाँही व्यक्तिको आनुवंशिक रूपमा तोकिएको यौन तिनीहरूको लैङ्गिक पहिचानअनुसार हुँदैन। त्यस्ता व्यक्तिहरूले आफूलाई परायौनिक (ट्रान्सजेंडर) भनेर चिनाउन सक्छन्। तिनीहरू यौनिक अल्पसंख्यक हुन्। त्यसैगरी, अन्तरयौनिक (इन्टरसेक्स) यस्ता व्यक्ति हुन जसको जन्मने बेलामै महिला वा पुरूष भनेर यौन (वा लिंग) छुट्याउन सकिँदैन र यस्तो व्यक्तिमा महिला र पुरुष दुबैको जैविक क्रोमोजोम हुन्छ। उदाहरण को लागी, एक व्यक्ति बाहिरबाट महिला जस्तो देखिने जन्मेको हुन सक्छ, तर भित्र अधिकतर पुरूष गुण हुन सक्छ। यस्तो व्यक्तिमा XXY वा XYY क्रोमोजोम भएको पाइन्छ। उदाहरणका लागि मानिस जन्मदाखेरि पुरुष र महिला दुबैको जननेन्द्रिय अर्थात लिङ्ग, अण्डकोष, योनि र पाठेघर सहित जन्मेको हुन्छ। यस्ता व्यक्तिमा जन्मदा नै यौन अङ्गको हिसाबले सामाजिक अपेक्षाअनुरूप बालक वा बालिका छुट्टिदैन। संसारभर लैङ्गिक हिंसाविरुद्ध जनमत सिर्जना गर्न र यस’boutमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनका लागि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेयता प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर १६ दिनसम्म यो दिवस मनाउँदै आइएको छ । नेपालमा भने २०५४ सालदेखि मनाउन थालिएको छ । यो वर्ष पनि मंसिर १० गतेदेखि घर शान्ति नै विश्व शान्तिको आधार ः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । संसारको सबैजसो ठाउँमा लैङ्गिक हिंसाका घटना भइरहेका हुन्छन् । देशअनुसार, क्षेत्र अनुसार यसको स्वरूप र मात्रा फरक हुन्छ । विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक अनुमानअनुसार विश्वमा हरेक तीन जना महिलामा एक जनाले आफ्नो जीवनकालमा कुनै न कुनै शारीरिक वा यौन हिंसा र यातना भोगेका हुन्छन् । यसरी पीडा दिनेमा आफ्नै श्रीमान् र यौन साथी हुन्छन् भन्ने छ । त्यसैगरी नेपाल स्वास्थ्य तथा जनसांखिक सर्वेक्षण २०१६ अनुसार नेपालका १५ देखि ४९ वर्षका महिलाहरूमध्ये करिब २२ प्रतिशतले कुनै न कुनै प्रकारको शारीरिक हिंसा वा यातना भोगेको र ७ प्रतिशतले कम्तीमा एकपटक यौन हिंसा वा यातना भोगेको तथ्यांक छ । नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हकअन्तर्गत लैङ्गिक समानताको सुनिश्चितता र धारा ३८ मा महिलाको हकसम्बन्धी व्यवस्था गरिसकेको छ । राज्यको निर्देशक सिद्धान्तमा कानुनको शासन, मौलिक हक तथा मानवअधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको सिद्वान्तलाई स्वीकार गरिसकेको छ । नेपाल सरकारले लैङ्गिक हिंसा प्रभावितहरूका लागि तत्काल उद्धार गर्न, औषधि उपचार गर्न, कानुनी सहायता, मनोवैज्ञानिक उपचार तथा मनोविमर्श प्रदान गर्न र पुनस्थापन गर्नका लागि लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावली, २०६७ लागू गरिसकेको छ । नेपाली समाज अझै पुरुषप्रधान समाज हो । हाम्रा परम्परागत अभ्यासहरू, धार्मिक र सांस्कृतिक चालचलनहरू पुरुषप्रधान छन् । यद्यपि यसमा परिवर्तनको बहस र अभ्यास सुरु भएका छन् । हामी जानीबुझीकन लैङ्गिक समानताको वकालत गरिरहेका छौं । आफ्नो जीवनमा यसलाई लागू गर्न प्रयत्नशील छांै । तर पनि हाम्रो अवचेतन मनले पुरुषप्रधानतालाई च्यापिरहेको हुन्छ । महिला र पुरुषको विभेदलाई स्वीकार गरिरहेको हुन्छ । हामी भर्खरै पूर्ण साक्षरताको तहमा प्रवेश गर्दै छांै । हाम्रा गाउँघरमा अझै नाम मात्रका साक्षरहरूको उपस्थिति बाक्लै छ । हाम्रो साक्षरताले लेखपढका लागि न्यूनतम मापदण्ड तोकेको छ, विवेक र विश्लेषणको मापदण्ड बनाउन सकेको छैन । जसका कारण परिवारभित्र र समाजमा निर्णय गर्नेहरूले महिला र पुरुषको असमानतालाई भत्काउन सकिरहेका छैनन् । परम्परागत सोचलाई त्याग गर्न सजिलो छैन । यसलाई परिवर्तन गर्न लामो समय लाग्छ । नेपाली समाज बिस्तारै परम्परागत सोच र अभ्यासबाट आधुनिक सोच र प्रविधिमैत्री अभ्यासमा रूपान्तरण हुँदै गएको छ । प्रविधिको पहुँचले गर्दा नयाँ विचारहरू, अभ्यासका उदाहरणहरू छिटोछिटो र व्यापक रूपमा विस्तारित हुन पाएका छन् । यसले गर्दा मानिसको सोच र प्रवृत्तिलाई बलात् परिवर्तन गर्न खोजेको देखिन्छ । व्यवस्थित र परिपक्क परिवर्तन हुन सकिरहेको छैन । हामीभित्र अझै पनि पुरुषप्रधान मानसिकता छ । हरेक छलफल, बहस र गतिविधिमा हामी महिला र पुरुष भनिरहेका हुन्छौं, व्यक्ति व्यक्तिको पहिचानलाई सम्बोधन गर्न सकेका छैनौं । घरभित्रैबाट हामी आमा र बाबुको भूमिका, संलग्नता र जिम्मेवारीमा लैङ्गिक असमानता र लैङ्गिक विभेदलाई स्वीकार गरिदिएका छौं । छोरी र छोराको सामाजिकीकरणमा विभेद गरिरहेका छांै । बाबुको संरक्षणमा परिवार सञ्चालन हुनुलाई आदर्श परिवार मानेका छांै । यी सबै पृष्ठभूमिमा हामीले लैङ्गिक विभेदलाई प्रश्रय दिएको देखिन्छ । महिला र पुरूषको असमानता कम गर्नका लागि महिला आरक्षणको व्यवस्था गरिएको छ । खासगरी सामाजिक विकासका गतिविधिहरूमा महिला संलग्नतालाई प्राथमिकतामा राखिएको छ । समुदाय स्तरमा निर्माण गरिने समितिहरूमा दुई÷तीन जना महिला समावेश गरी महिलाको प्रतिनिधित्व गराइएको छ तर सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता हुन बाँकी रहेको छ । अवसरहरूमा पक्कै पनि लैङ्गिक विभेद कायमै छ । समान क्षमता समान अवसर समान पहुँचको अवस्थामा नेपाली समाज पुगिसकेकै छैन । प्रयासहरू भइरहेका छन् । राज्यले यसका लागि विशेष आरक्षणको व्यवस्था गरेको छ । यस्तो व्यवस्था कहिलेसम्म गर्न उपयुक्त हुन्छ भन्नेमा चर्चा परिचर्चा हुन सकेको छैन । समावेशी हुने क्रममा महिलाका लागि व्यवस्था गरिएको आरक्षणलाई जबसम्म उपयोग गरिरहेका हुन्छांै, तबसम्म लैङ्गिक विभेदको चक्रमा घुमिरहेका हुन्छौं । यसले कुनै न कुनै प्रकारको लैङ्गिक हिंसालाई मलजल गरिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य, आयआर्जन आदिमा महिलालाई पनि पुरुषसरह समान अवसर प्रदान गर्नाले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिन्छ । स्रोत र साधनमाथि महिलाहरूको पहुँचमा वृद्धि गरी, उनीहरूलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सके पनि लैङ्गिक हिंसा घटाउन सकिन्छ । महिलामाथि हुने सबै प्रकारका हिंसा र दुव्र्यवहारका घटनाहरूलाई छिटो र छरितो तरिकाले सुन्ने र न्याय दिलाउने व्यवस्था भएमा पनि उनीहरूमाथि हुने हिंसा वा दुव्र्यवहार न्यूनीकरण गर्न सकिन्छ । लक्ष्मी ढकाल

No comments:

Post a Comment