Friday, 13 November 2026

पञ्चमुल सिरुबारी सेरोफेरो, मेरो गाउँ

जीवनमा मलाई सबैभन्दा धेरै माया गर्ने गाउँ पञ्चमुल सिरुबारी, यो त्यही ठाउँ हो जहाँ म जन्मेको थिएँ।म दरौ सिरुबारीको पौराणिक कथा वर्णन गर्ने एक साधारण गाउँले हुँ।आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्तीलाई सिरुबारी (१,६१० मिटर) भनिन्छ। सिरुबारीमा ३९ घर छन्। यहाँका २३ घरमा पर्यटक राखिन्छ जहाँ एकै पटक ७० जना बास बस्न सक्छन्। गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँ हो–सिरुबारी। समुन्द्री सतहदेखि १६१० मिटरको उचाँइमा अवस्थित यो गाउँमा द्वन्दकालिन समय विसं २०५४ मा होमस्टे संचालन गरिएको थियो । यहाँ रहेका ३९ घरहरु मध्ये १७ वटा घरहरु होमस्टेका रुपमा दर्ता भई संचालनमा रहेका छन् । प्राय घरहरुको छत ढुंगाको छपनीले छाइएको छ । गुरुङ जातीका गाउँवासीले संचालन गरेको यस होमस्टेका प्राय सबै घर मूलिहरु अवकाश प्राप्त ब्रिटिश र भारतीय लाहुरे रहेका छन् । त्यहाँका खेत भने दलित समुदायका मानिसले कमाउँदै आएका छन् । सिरुबारी होमस्टेका अभियन्ता रुद्रमान गुरुङ हुन् । सांसद तथा सेनाका कप्तान समेत रहेका स्वर्गिय रुद्रमानको पहलमा नै नेपालमा पहिलो पटक होमस्टेको शुरुवात गरिएको थियो । यहाँ गुरुङ जीवन शैलिको जिवन्त चित्रण अवोलकन गर्न पाइन्छ नै स्थानीय रुपमा उत्पादित साग सब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ । सिरुबारी अर्थात् नेपालको पहिलो पर्यटन गाउँ। होमस्टे पर्यटनको पाठशाला पनि। गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय र ग्रामीण पर्यटनका सूत्रधार क्याप्टेन रुद्रमान गुरुङको सालिकलगायत सम्पदा छन्। होमस्टेबाट २५ मिनेट उकालो हिडेंपछि भ्यू टावर आउँछ जहाँबाट होमस्टे संचालन गरिएका घरहरु देखिन्छन् । हिमाल भने यहाँबाट नदेखिने हुनाले अहिले हिमाल खुल्ने मौसममा अन्नपूर्ण, माछापुच्छ्रे हेर्न भने डेढ घण्टा पैदल यात्रा गरि गोरुजुरेमा पुग्नुपर्छ । यस्तै यो सिजनमा गोरुजुरेबाट आँखै अगाडि हिमश्रृंखला देखिन्छ । जंगलमा विभिन्न प्रजातीका फूलहरु फुलेको मनमोहक दृश्यहरु पनि देखिन्छ । सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देखिन्छ। गोरुजुरे र थुम्रो जुरो (२,०२३ मिटर) बाट झन् राम्रो भ्यु देखिन्छ। डहरे डाँडामा उहिल्यै डहरा ऋषिले तपस्या गरेका थिए। त्यहाँ आश्रम पनि छ । बाजागाजाका साथ फूलमाला पहिर्‍याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्‍याउँछन् । गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् । १९५१ मा स्थापित, प्यासिफिक एशिया ट्राभल एसोसिएसन (एब्त्ब्) एक गैर–नाफामूलक सदस्यता–आधारित संघ हो । जसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको जिम्मेवार विकासको लागि उत्प्रेरकको रूपमा कार्य गर्दछ । हाम्रा निजी र सार्वजनिक क्षेत्रका सदस्यहरूलाई एकसाथ ल्याएर, यसले एशिया प्रशान्त क्षेत्र भित्र र भित्र यात्रा र पर्यटनको मूल्य, गुणस्तर र दिगो बृद्धि गर्न अर्थपूर्ण साझेदारीको सुविधा दिन्छ । यसले २००१ को मे महिनामा सिरुबारी होम स्टेलाई ग्रामीण पर्यटनमा उल्लेख्य योगदान गरेको भन्दै पाटा गोल्ड अवार्ड प्रदान गरेको थियो । सिरुबारीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाली ग्रामीण जीवनको संस्कृति र सम्पदा जोगाउन गरेको प्रयासको कदर स्वरूप पाटा गोल्ड अवार्डबाट सम्मानित भएको गाउँ पर्यटन विकास समितिका अध्यक्ष बबरसिहं गुरुङ बताउछन्। गाउँमा घरहरू गुजुमुज्ज नभएर अलगअलग ठाउँमा पातलो किसिमको हुन्छ। हाम्रो गाउँमा घरघरै खानेपानीको धारा छ। घर नजिकै विद्यालय, स्वास्थ्यचौकी पनि छ। सबैको घरमा चर्पी छ। हाम्रो गाउँलाई खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणा गरिएको छ। गाउँमा मोटर बाटो पनि आएको छ।गाउँका दाजुभाइ, दिदीबहिनीहरू मिलेर आर्थिक कारोबारका लागि सहकारी पनि खोलेका छन्।हाम्रो गाउँलाई कसरी विकास गर्न सकिन्छ भनेर रातदिन नभनी काम गरिरहेका छन्। सबै पेसाका मानिसहरू खटेर काम गरिरहेका छन्। जस्तै, स्वयंसेवक जस्तो किसिमले अहोरात्र खट्ने राम्रो खालका राजनेता, शिक्षक, स्वास्थ्यकर्मी पनि गाउँमा छन्। गाउँमा आफ्नो धर्म संस्कृतिअनुसार आफ्नो रितिरिवाज सबै मिलेर मनाउने गर्छन्। हाम्रो गाउँका घर माटो, ढुंगा, काठ र जस्ताको पाता राखेर बनाइएका छन्। यहाँका घरमा रातो माटो र सेतो कमेरो (चुन) ले पोतिन्छ पनि। गाउँमा धेरै मन्दिरहरू पनि छन्। यहाँ लोप हुन लागेका ढिकी-जाँतो पनि देख्न पाइन्छ।गाउँमा भएका धेरैजसो मानिस शिक्षित छन्। यहाँका मानिसले खेती, किसानी र अन्य परम्परागत काम गर्छन्। आफ्नै बारीमा फलाएका तरकारी र फलफूल, अन्नहरूले गाउँका मानिसलाई खान पुग्छ। यहाँका मानिस अहोरात्र परिश्रम गरेर गाइवस्तु पाल्छन्। आफ्नो लागि दूध, मासु, अन्डा आफैं उत्पादन गर्छन्। मानिस स्वावलम्बी बन्नुपर्छ, अरूको भर पर्नु हुँदैन। मेरो विचारमा हाम्रो गाउँ 'आफ्नो गाउँ, आफैं बनाउँ' भन्ने हिसाबमा एक उदारणीय गाउँ हो।

No comments:

Post a Comment