Saturday 7 October 2023

दशैं


दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो नेपालीहरुको प्रमुख पर्व हो । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । दशैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।

 विहान माथि रमिते डाँडाबाट घामले चियाउन थालेदेखि नै हाम्रो आँगनमा विचित्रको चटकजस्तो चहलपहल सुरु भयो । गुन्द्रुक उमाल्ने सानो कराहीमा पानी उमालियो । भक्भकी उम्लिरहेको पानीमा छुस्स अलिकता खरानी हालियो ।

एउटा कुभिन्डालाई झीरले छेडेर प्वालमा चारवटा छेस्का घुसारियो र चौपायाको स्वरुपमा त्यसलाई ठिङ्ग उभ्याइयो । कुभिन्डाको एकापट्टि अलिकता कपेर त्यसमा मसिनो डोरी बाँधियो । कुभिन्डालाई पानीले पर्सिइयो । अनि एकजना डोरी समात्ने, एकजना आरी थाप्ने, एकजना सिरुपाते खुकुरी उजाउने-  दसैँले ल्याएको चटकतुल्य नाटक यसरी उत्कर्षतिर अघि बढ्यो ।

नेपालीको दशैं

दशैं नेपालीहरु र विशेषतः नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ ।

हिन्दू चान्द्र मासिक पन्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ्र । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन् ।

नेपालीहरूले प्राय पन्ध्र दिन दशैं उत्सव मनाउँछन्, जसमध्ये सबभन्दा महत्वपूर्ण मितिहरू पहिलो, सातौं, आठौं, नवौं र दशौं हुन्। दशैंको पहिलो दिनलाइ घटस्थापना भनिन्छ र यो दिनले दशैंको सुरुवात पनि जनाउछ किनभने घसथपना पर्वको पहिलो दिनमा पर्दछ। एस दिनमा जमरा पनि रोपिन्छ। तेस्पछि सातौं दिनलाइ चाही फुलपाटी भनिन्छ | परम्परागत रूपमा, यस दिन, शाही कलश, केराको डाँठ, जमारा र रातो कपडाले बाँधिएको उखुलाई गोरखाबाट काठमाडौँमा ल्याउँछन। तेसै गरि आठौं दिनलाइ चाही माहा अस्तमी भनिन्छ र त्यो दिनको मध्यरातमा कुल बाउन्न भैंसीहरु र बाउन्न बाख्राहरुको बलि देवी दुर्गाको लागि बसन्तपुरको हनुमान धोकामा दिइन्छ। अनि नवौंलाइ चाही माहा नवमी भनिन्छ। एस दिनचाही कारीगरहरू, शिल्पकारहरू, व्यापारीहरू र मेकानिकहरूले तिनीहरूको औजार, उपकरण र सवारीसाधनको पूजा तथा सेवा गर्छन् किनभने यो विश्वास गरिन्छ कि यस दिन सवारी साधन पूजा गर्दा दुर्घटनाबाट बच्न को लागी वर्ष को लागी सबै गाडीहरु बाइक, कारहरु देखि ट्रक को लागी पूजा गरीन्छ। दशैको दसै दिनलाई विजय दशमी भनिन्छ। आफुभन्दा ठुला बडाले निधारमा टिक्का, जामारा र आउने वर्षहरूको लागि आफुभन्दा सानोलाइ आशिष् पनि दिनेगर्छन्।

पन्ध्रौं दिनलाइ कोजाग्रत पुर्णिमा भनिन्छ र यो पूर्णिमाको दिन हो। येसले पन्ध्र दिनको दशैं उत्सवको अन्त्य पनि जनाउछ। यस दिन, धन र भाग्यको देवी लक्ष्मी पृथ्वीमा आउनेछन् र रातभरि नसुतेका मानिसहरूलाई आशीर्वाद दिनेछन् । यस दिन पछि हिन्दुहरुको सबै भन्दा महत्त्वपूर्ण र नेपालका मान्छेहरुले मनाउने सबै भन्दा लामो चाड को अन्त्य हुन्छ।

दशैंमा राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खान सकेमा स्वस्थ र स्वादिलो दसैं बन्छ ।  यी परिकार मांसाहारीले पनि खाएमा फाइदा पुर्याउँछ ।

नेपालीहरुको महान पर्व दशैंमा प्रवेश गरिसकेका छौं । कतिले दसैंलाई मासुको पर्वका रुपमा पनि लिन्छन् । दसैंलाई लक्षित गरेरै विदेशबाट खसी–च्याङ्रग्रा आयात हुन्छ । अर्थात मासु र दसैं पर्व पर्यायवाची जस्तै बनेको छ ।
दसैंमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार भुटन, मासु, झोल जस्ता परिकार बनाएर खाने चलन छ ।


No comments:

Post a Comment