Sunday 8 October 2023

परिवार


 परिवारमा सधै हाँसीखुसी छ, मेलमिलाप छ, प्रेमिल वातावरण छ । एकअर्काले मर्यादा पालना गरेका छन् । आपसमा सहयोग आदनप्रदान हुन्छ । हरेक समस्या वा अप्ठ्याराहरुमा सबैको साथ र सहयोग रहन्छ । सबैजना एकसाथ खाना खान्छन् । रमाइलो गर्छन् । चाडपर्व, उत्सव र जमघटमा सबैको सहभागिता रहन्छ । परिवारका सदस्यहरुले आ-आफ्नो काम वा जिम्मेवारी सम्हालेका छन् । हजुरबा-हजुरआमाप्रति सबैको श्रद्धाभाव छ । बालबच्चाप्रति सबैको प्रेम छ । यस्तो परिवारले सुख खोज्न अन्त जानुपर्दैन । घर नै उनीहरुका लागि स्वर्ग हो ।

पौराणिक शास्त्रहरुमा भनिएको छ, परिवार सुख नै सर्वोच्व हो । हुनपनि परिवारमा सुख र मेलमिलाप छ भने जस्तोसुकै समस्याले पनि विचलित बनाउँदैन । परिवारको सुख यस्तो शक्ति हो, जसले हरेक सदस्यलाई सधै हँसिलो राख्छ । जाँगरिलो बनाउँछ । स्फूर्ति र उमंग कायम राख्छ ।

परिवार बलियो बनाउन
–परिवारभित्र एकअर्काप्रति विश्वास हुनुपर्छ ।
–एकले अर्कालाई सम्मान गर्नुपर्छ ।
–परिवारका सदस्य एकअर्काप्रति इमानदार हुनुपर्छ ।
–हरेकले हरेकको कुरा सुन्नुपर्छ । कुनै कुरामा विवाद भयो भने त्यसलाई परिवारभित्रै सुल्झाउनुपर्छ ।
–परिवारका सदस्यले आफ्नो कुरा मात्रै माथि राख्ने गर्नु हुँदैन ।
–एकअर्काको कमजोरीमाथि प्रहार गरिरहनु हुँदैन ।
–घरको सबै काम मिलेर गर्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ ।
–कसले कति कमाउँछ ? खुलस्त भन्नुपर्छ ।
–एकअर्काको रुचिलाई बुझ्नुपर्छ ।
–बाहिरका मानिसको कुरा सुन्नु हुँदैन । यसले घरमा कलह निम्त्याउन सक्छ ।

हाम्रो बलियो परिवार
‘परिवार नै मेरो शक्ति’

No comments:

Post a Comment