Monday 13 July 2020

अति सरल फरासिली ,रमाइली र मेरी सोझी सानी रूपा दिदि

टिपेर पात टपरी पो बुन्दै होलीन मेरी दिदि
सप्तरङ्गी टिका मिठाई चुन्दै होलीन मेरी दिदि
भाई-टिकाको सर्जाम जोरी बाटो हेर्दै पर्खीएर
सयपत्री मखमली उन्दै होलीन मेरी दिदि
चौतारीमा लिङ्गे पिङ्ग रमाएर खेल्दा खेरि
गाउ घरमा देउसी भैलो सुन्दै होलीन मेरी दिदि

चारैतिर स्वच्छ वातावरण,मेरो सानो गाउ.
मनै लोव्याउने छहरा पहरा.मेरो सानो गाउ. 

मलाई सम्झी भाइटिकामा राेइनहाेला 
पोहोर सालको फोटो हेर्दै

घर आगनमा जम्मा हुँदा मलाई सम्झी खिन्न हुँदै
 लामो एउटा चुल्ठो बाट्थीन र चुल्ठोको टुप्पोमा 

कस्ने गर्थीन एकहाते सेतो रिबन 
कस्ती कस्ती रोएर पनि सधैं सधैं हाँसिरहेकी 

पक्कै फूलजस्ती रसयुक्त फूलजस्ती !
आँखामा राखेर पनि नबिजाउने मेरी दिदी !

ओइ ए मेरी प्यारी दिदि.
मेरी सोझी  सानी रूपा  दिदि 

No comments:

Post a Comment