Saturday, 25 July 2020

हजुरआमाको सम्झना

हजुरआमाको सम्झना

 

हिजो जस्ताे लाग्छ दशैंमा घर गएको बेलामा  हजुरआमाको पछि पछि लागेर गाउँ डुलेकाे, बारीमा तरकारी टिपेको, दाउरा लिन गएको अनि चुलोको छेउमा आमासँगै बसेर आगो ताप्दै तातो तातो दुध पिएको। सबै सम्झना न भए अब। मलाई हजुरआमाले पकाएको खीरकाे खुब याद आउँछ । खीर पाकेको दिनमा म खुसी भएको अझै याद छ । खीरमा हुने पौष्टिकताबारे धेरै पछि बुझें ।

उहाँले फलामको भाँडामा पकाएको मासको दाल र जिम्बुले भान्छा र मन नै हरर हुन्थ्यो । अहिले पनि मासको दालमा जिम्बु नभए कसरी स्वादिलो हुन्छ र भन्ने भान हुन्छ ।

हजुरआमाले रातो दालचाहि जिरा हालेर झान्नुहुन्थ्यो । त्यो स्वाद त जिब्रोमा गाडिएको छ । धेरै पछि आएर पो थाहा पाएकी यसरी दाल झान्नुको त वैज्ञानिक महत्त्व पो रहेछ । दालमा मेथी र जिरा हालेर झान्दा खेरी वास्नाले गर्दा खान मन लाग्ने त हुन्छ नै, त्यसरी झान्दा दालले पेटमा उत्पन्न गर्न सक्ने ग्याँसमा पनि कमी आउँछ र पेट ढुस्स नहुने रहेछ ।

 

हजुरआमाले मास र गहतको मिश्रण गरेर गहतानी पकाउँदा बडो मेहनत गर्नुपर्थ्याे । मास भिजाएर सिलौटामा पिसेर फलामको भाँडामा पकाउनुहुन्थ्यो। त्यसमा डुब्का अर्थात् मासको फुलौरा हालेर आगोमा पकाउँदा गहतानी उम्लिरहन्थाे, याे कहिले पाक्ला र भातसँग ग्वामग्वाम खाउँला जस्तो लाग्थ्यो

 

तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो र टिमुर-गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुकुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब, ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । अर्थात विकल्प धेरै छन् । पकाउन उत्तिकै सजिलो । सजिलो मात्र कहाँ हो र ? स्वादिलो पनि ।

मकैको परिकार भन्दा के सम्झनु हुन्छ? पोलेको, भुटेको मकै अनि त्यसको पीठोबाट बन्ने ढिडो। गेट छैन, बाँसको तगारो। गेटैमा मकैको सुली। अलि अघिल्तिर पुगेपछि ढिकी, जाँतो। माथिल्लो तलाकोे कौसीमा फर्सी, मकैका झुत्ता लहरै। सँगसँगै ओम् मने पद्मे हुँ। बाजेबज्यैका पालाको मदुस पनि। बस्नलाई राडी (काम्लो)। नेपाली खाना सेट, कोदो र फापरको ढिडो, आटो, जेठोबुढो चामल (पोखरेली चामल)को भात, जुम्ली सिमीको दाल, काभ्रो, बुँगोको अचार, बारा (बटुक), सेल, पिडाँलु, तरुल, चुकाउनी, मसला पनि सिलौटामा पिस्ने, भुटेको मकै, मही, सर्बत, भकिम्लोको सर्बत खुवाउने र हाम्रा पहाडतिरका खानेकुरा , फलामको माछा बनाएर खाना पकाउने भाँडामा हालिने रहेछ। खाना पाक्ने क्रममा फलाम तत्त्व प्राप्त भई महिलाहरूलाई रक्तअल्पताको समस्यामा फाइदा पुगेकाे रहेछ। केही अघिसम्म पनि फलामको भाँडोमा पकाएर खाने चलन थियो। विशेषगरी मासको दाल फलामको भाँडामा पकाइन्थ्यो। यो चलन अझै कहिँकतै होला।

मासको दालबाट प्राेटिन प्राप्त हुन्छ, फलामको भाँडाबाट आइरन। मासको दाल फलामको भाँडामा पकाएर टिमुर वा गोलभेँडाको अचारसँग खाँदा स्वादिलो त हुन्छ नै, यसले हाम्रो शरीरमा आवश्यक तत्त्वहरू समेत पूर्ति हुन्छ। भान्छामा पाइने टुसा उमारेको गेडागुडी धेरै ठूलो औषधि हो। यो हाम्रो संस्कृतिसँग जोडिएको छ। जनैपूर्णिमाका दिन खाने चलन छ। यसमा अत्यन्त धेरै पौष्टिक आहार हुन्छ। गेडागुडी आफैँमा प्राटिनयुक्त खानेकुरा हो। टुसा उमरेपछि यसको गुण झनै बढ्छ। गेडागुडी उमारेपछि त्यसमा सूक्ष्म पौष्टिकले भरिन्छ। क्वाँटीका अनेकौँ फाइदा छन्। रेशायुक्त भएकाले कब्जियत हुन दिँदैन।

 

भान्सामै पाक्ने जाउलो, खिचडी, उसिनेको आलु, तरुल र पिठोबाट बनेको सातुजस्ता खानेकुरा दिने हो भने बालबालिकालाई कुपोषण हुने मात्र नभई उनीहरूलाई रोगसँग लड्ने क्षमता पनि दिन्छ। हाम्रो संस्कृतिमा माघमा खिचडी र तिलको लड्डु खाने चलन छ। गर्भवती र सुत्केरीलाई यस्ता खानेकुरा खुवाए शरीरलाई चाहिने उर्जा प्राप्त हुन्छ। बालबालिकालाई खाजाको रूपमा तिलको लड्डु दिन सकिन्छ।

 


No comments:

Post a Comment