जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले
एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका
सुकर्महरु, उसले
परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त
गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l
मेरी हजुरआमा नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो
दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो
बोलिकी, दिनहुँ
पूजा आजामा, भगवान
भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो हाम्रो समस्त
परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो l मेरी
हजुरआमाले सप्ताह ,महायज्ञ
लगाउनु भएको थियो l
तल्लो अँगेनोमा बस्न हुने गरी खाट आकारको भूईं । त्यहाँ ओछ्याउनको लागि छुट्टै गुन्द्री । जाडोमा घरका सबै यहीँ बसेर आगो ताप्थ्यौं । हामी केटाकेटी पनि अँगेनोको छेऊमा बसेर लेखपढ सिध्याउँथ्यौं । कहिलेकाहीँ पढ्दापढ्दै तातोमा त्यहीँ पल्टेर निदाउँथ्यौं ।
जहिल्यै सम्झना आउँछन् ती पल जब हजुरआमाले ममताका
साथ हामीलाई खेलाउने र अन्य कुराहरू गराउनुहुन्थ्यो। उठ्ने बित्तिकै हामीलाई हेर्न
आउनुहुन्थ्यो।जुरआमाको लागि अन्य उपहारहरू बनाउँथ्यौं। बुबाले ल्याइदिनुभएको लुगा
पनि हामी उहाँलाई दिन्थ्यौं। रोएका बेला हामीसामु पुग्ने पहिलो मान्छे उहाँ नै
हुनुहुन्थ्यो। हामीलाई गाली गरेको सुन्दा उल्टै आमाबुबालाई गाली गर्नुहुन्थ्यो।
हामीलाई धेरै माया र ममता दिनुहुन्थ्यो।
बगैंचामा आँप, रूख कटहर, भुइँकटहर, अम्बा लगायतका फलफूल पनि टन्न थिए। बाटो ओहोरदोहोर गर्ने
बटुवाहरू चौतारीमा भारी बिसाउथे र आराम लिन्थे। घर थोरै माथि थियो, पानीको कुवा भने बगैंचा नजिकै थियो। खेतको मूलमै कुवा
थियो अर्थात् घर, बारी, खेत, बगैंचा सबै आफ्नै सेरोफेरोमा मिलेको थियो। अक्षय तृतीयामा प्रयोग हुने जौको सातु स्वास्थ्यका
दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा
उपयोगी, बल र प्राणलाई
पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। हजुरआमाले एउटा माटोको गाग्रोमा पानी पनि चौतारीमै राखिदिनुहुन्थ्यो
छोपेर, एउटा अम्खोरासहित
ताकि आउने जाने बटुवाले आराम गर्दा पानी प्यास पनि मेटून्।
भान्साकोठा भन्नेबित्तिकै हाम्रो दिमागमा
पुस्तौंपुस्ता अगाडिका हजुरआमाको सम्झना ताजा भइहाल्छ। सबैका हजुरआमाले पकाएको
खाना मीठो हुन्थ्यो।हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि
त्यो खानालाई थप स्वादिलो बनाउँछ , परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको
हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी आमा ले बनाउँथिनन् विभिन्न परिकार । मैले
उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’ बेलुकीको भात खाइसकेपछि पनि काम त अझै कति
हो कति । त्यतिका भाँडा माझ्ने, लोटाईपोताई, ढिंकीजाँतो थुप्रै काम बाँकी हुन्थे घरका
महिला सदस्यहरुका । ढिंकी भकुर्दै, जाँतो घुमाउँदै, भाँडा मस्काउँदै, चुल्हो पोत्दै गरेको बेला गफ सुन्न खोज्नुहुन्थ्यो ।
तल्लो
अँगेनोमा बिहान हजुरआमा र आमाले आगो सल्काए पनि दिउँसो खाजा खाने र बेलुका खाना
पकाउने बेलामा हजुरआमाले हामी केटाकेटीलाई आगो सल्काउन अह्राउनुहुन्थ्यो ।
कुनै दिन त आगो राम्ररी नै बल्थ्यो । कुनै दिन मरिगए नबल्ने
। पुतपुत धुवाँ निस्कने, तर दाउरा नसल्कने । फलामको ढुंग्रोबाट फू....फू.....गरेर
फुक्दाफुक्दा आँखा रातो भैसक्दा समेत आगो नबल्दा रीस नै उठेर आउने ।
कहिलेकाहीँ आगो नबलेर दुःख दिए पनि हाम्रो
घरको अँगेनोमा दूध उम्लन छाडेन । तल्लो चुल्होमा मजाले टाङ फाटेर खुट्टामा बिराली
परुञ्जेल हामीले आगो तापी नै रह्यौं । हजुरआमाले नदेख्नेगरी आलु र पिँडालु पोलेर
मुख कालो हुनेगरी खाइरह्यौं ।
मधुस (सन्धुक) को
कहानी पनि धेरै लामो छ, उहाँले प्रयोगमा ल्याउनुहुन्थ्यो त्यतिबेला, जतिबेला हामी एकदमै सानै थियौं। हाम्री हजुरआमा फेरि
साह्रै सोझी। मधुसभरि `सम्पत्ति´ राखेर मधुसमा
बढेमानको ताला लगाएर चाँवी फेरि मधुसमुनी नै लुकाएर राख्ने। हजुरआमाले मधुसको
चाँवी कहाँ राख्नुहुन्छ भन्ने त हामीलाई थाहा नहुने कुरै भएन। मधुसभित्र हजुरआमाको
`सम्पत्ति´, मधुसमुनी चाँवी। अब
त्यसपछि के के हुन्थ्यो होला? गाऊँभरिबाट दूध उठाएर २/३ पाथी जति
कुराऊनी बनाईएको थियो।घरकै खेत र बारीमा फलेका ठुला ठुला फुस्रे केरा, कुराऊनी, सेलरोटीलगायत
विभिन्न परिकारहरु तयार गरेर थियो।
यतिमात्र होईन, मधुसभित्रबाट
हजुरआमाका सिक्का, नोट मिस्री, गडी (नरिवल), छोडा, घ्यू त कति गायव भए
भए तैपनि हजुरआमाले मधुसको चाँबी कहिल्ल्यै आफ्नो साथमा राख्नुभएन। चाँबी राख्ने
स्थान त बदल्नुहुन्थ्यो, तर हामी जासुसले किन
नभेट्नु र? हजुरआमाको मधुसले पनि बिस्तारै महत्व पाऊन छोड्दै गयो। अलिक पछिसम्म त
हजुरआमाले घ्यू, चीनीहरु राख्नेसम्म
त गर्नुभाथ्यो, पछि त्यहिं मधुस
घाँडो हुँदै गयो र आजकल बुईंगलमा गएर थन्किएको छ यो मधुस।
No comments:
Post a Comment