Saturday 25 July 2020

हजुर आमा को खानापिन को गन्थन

हजुर आमा  को खानापिन को गन्थन

हाम्री हजुरमा देवकी ढकाललाई मकै र  भटमास अनि खुर्सानी अचार  को अति चाख थियो।  उहाले  भने अनुसार हरियो मकै को परिकार ,मकैको दाना निकालेर राख्ने । एउटा कुकुरमा तेल हालेर त्यसमा प्याज, सुकेको रातो खुर्सानी फुराउने । अदुवा र लसुनको पेस्ट राख्ने । त्यसमा बेसार, नुन, जिराको धुलो हालेर मकैलाई केही क्षण भुट्ने । अब त्यसमाथि थोरी पानी हालेर राम्ररी पकाउने ।  यसलाई खाना वा नास्ताको रुपमा सेवन गर्न सकिन्छ ।

गाउँघरमा मकैलाई नौनीसँग खाने चलन छ । खासगरी न्वागी अर्थात कुनैपनि अन्नबाली भित्र्याएपछि पहिलो पटक विधीपूर्वक खाने चलन हो यो । पोलेको मकैको तात्तातो दानामा नौनी मिसाउनुपर्छ । त्यसमा थोरै नुन राखेर खान सकिन्छ ।

मकैको दानालाई केही क्षण उमाल्ने । ४, ५ मिनेटपछि त्यसलाई निकालेर सेलाउन दिने । उक्त मकैमा नुन, रातो खुर्सानीको धुलो र थोरै आटा मिसाएर राम्ररी चलाउने । अब यसलाई थोरै–थोरै गरेर तेलमा तार्ने । यसरी तयार भएको मकैलाई हरियो धनिया, कागतीको रस मिसाएर सेवन गर्न सकिन्छ ।

यो मौसममा प्रशस्त मात्रामा पाइने हुँदा मकैका विभिन्न परिकार बनाएर खाने चलन छ । हरियो मकै पोलेर वा उसिनेर खान सकिन्छ । त्यसैगरी दूधालु मकैलाई पिसेर रोटी तथा फाडो सुप बनाएर खाने चलन पनि छ ।

भटमास

साउन भदौमा हरियो भटमास प्रशस्त पाइन्छ । उसिनेर खानेदेखि लिएर छोडाएर दालका रूपमा समेत हरियो भटमास प्रयोग गरिन्छ ।

खीर

साउन भदौमा दूधको उत्पादन बढी हुने भएकाले यो बेला बढी खाइने परिकारमध्ये खीर पनि एक हो । दूधमा चामल, मकैको च्याख्ला आदि खाद्यान्न मिसाएर खीर पकाइन्छ । यसलाइ स्वादिष्ट बनाउन घ्यू, काजु, नरिवल, मरिच आदि मसला समेत हालिन्छ । यी मसलाबाट प्राप्त हुने ऊष्णताले वर्षा याममा भिजेको शरीरलाई विभिन्न रोग–व्याधिबाट जोगाउँछ ।

हरियो काँक्रा तथा खोर्सानीको अचार

यो समयमा प्रशस्त मात्रामा खोर्सानी पनि फल्छ । हरियो काँक्रा तथा पिसेको हरियो खुर्सानी निकै स्वादिलो हुन्छ । हजुरमा देवकी ढकाल को सम्झना हरु मसित प्रसस्त छन् , हजुरमा को गन्थन ,खाना को परिकार हरु सम्झी राख्छु।

आँखा :
आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

कोलेस्ट्रोल :

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पता :

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

क्यान्सर :

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

राम्रो छाला :

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउन :

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

कब्जियत :

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

बलियो हड्डी:

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।हजुरमा को विचार अति राम्रो हो।

कर्कलो परिकार

अर्बी करी,अर्बी मसला, अर्बी लिफ रोल्ल करी, सबुत अर्बी, तली हुइ अर्बी, कर्कलो कबाब, अर्बी घोस्ट मसला, अर्बी सिमला मिर्च, आंध्रा चमा डम्पा, मुग्लाई दम अर्बी, अर्बी परठा, टमाटर प्याज वाली अरबी की सब्ज़ी, मुल्तानी काली अरबी, बेसन अरबी रोस्ट, पंजाबी स्टाइल अरबी की सब्ज़ी, अरबी मसाला कसुरी मेथी,अरबी का साग, अर्बी झोल, अर्बीका अचार, अर्बी चिप्स, टमाटर वाली अर्बी, गुजराती अर्बी पत्र, अर्बी भाजी, अर्बी आलु भाडी, अर्बी उस्ली, कर्कलो रइता, डाखो, अर्बी पकोडा, केरा अर्बी मसला जस्ता कर्कलोबाट बन्ने सयौं  परिकार हजुरमा पकाउनु हुन्थ्यो अनि म खान्थे ,चकटी बिछायेर।

भिटामिनले भरिएको कर्कलो, यसको गानो र पातबाट नै यावत् परिकार बन्छन्। कर्कलो नियमित सेवनले शरीरको वजन घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न निकै उपयोगी मानिएको छ। त्यति मात्र नभई इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढाउन,क्यान्सरबाट बच्न,स्वस्थ आँखाको लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रुण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पती अति नै उपयोगी साबित भएको छ। महिलाको लागि त झन् कर्कलो नियिमत नै दिँदा राम्रो हुन्छ।हजुरमा सम्झाको कुरो  सम्झिरखेको छु।

No comments:

Post a Comment