Saturday 25 July 2020

हजुर आमा को खाना को महिमा अपरम्पार

हजुर आमा  को खाना को महिमा अपरम्पार 

हाम्री हजुरमा देवकी ढकाललाई  चिन्ने जो सुकै लाई थाह थियो पहाड को तामा,घीउ अनि विभिन्न मरमसला जस्तो कि मर्हत्ति ,अमला ,लप्सी ,अकबरे खोर्सानी अनि लुढ़े साग र बेथे साग ,मग्यम चिसापानी को दाना दाना परेको घीउ अनि धकल्थोक को  मिठो बाक्लो मोही र घीउ तेस्तेइ करेसाबारी को रायो साग। ह्जुर्माले भन्नु भाको हरिया तरकारी मध्ये बेथे र लट्टेको सागलाई पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । बेथे र लट्टेका स्वाद तिख्खर खालको हुन्छ । बेथे र लट्टे प्रायः जसो सबै तिर सजिलै पाइन्छ ।


 हजुरमा को गन्थन सुरु भो ,बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ ।लट्टेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

 बेथेको साग दुई किसिमको हुन्छ । एक सामान्य हरियो पात भएको हुन् भने अर्को पातमा रातो भएको हुन्छ । दुबै किसिमको साग निकै लाभदायक हुन्छ । खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

फेरी सुपर हजुरमा को कुरो आयो ,यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थ्रि पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ । हजुरमा को खाना अति बैज्ञानिक  पद्धती मा आधारित थियो।

हजुरमा ले सिकाए अनुसार बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदे जसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिलो मुन्टा भाँचेर ल्याउने र स–सना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्नेगरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यावसायिक रूपमा उत्पादन गर्नेहरूले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राखिन्छ । अनि, ट्याग लगाएर बिक्री गरिन्छ । हजुरमा को विचार मलाई अति मन पर्ने हो।

 हजुरमा को अनुसार आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ । हजुर आमालाई मन पर्ने धकल्थोक र मग्यम चिसापानी को तामा ,म पनि हजुर आमा को हातको खान पिन मन पराउने मान्छे। 

No comments:

Post a Comment